जुबा/ सहायताकर्मीमाथिको आक्रमण बन्दगर्न संयुक्त राष्ट्रसंघले आग्रह गरेको छ । राष्ट्रसंघीय सहायतासम्बन्धी एकजना अधिकारीले यस्तो आक्रमण बन्द गर्न आग्रह गरेकाे हो ।

राष्ट्रसंघको एकजना वरिष्ठ उद्वारकर्मीले दक्षिण सुडानमा हिंसामा परी दुःख पाएका व्यक्तिको सहयताका लागि खटिइ आएका सहायताकर्मीमाथिको आक्रमणले गर्दा आगामी दिनमा सहयोगका लागि गाह्रो हुने बताएका छन् ।

यसले गर्दा द्वन्द्वका कारण समस्यामा परेका व्यक्तिको उद्वार तथा सहायताका लागि सहयोग गर्न नसकिने ती अधिकारीले बताएका छन् । दक्षिण सुडानमा भएको यस्तो हमलाका बारेमा उद्वारकर्मी रहेका युजेन ओउसुले सो धारणा राखेका हुन् ।

उनले दक्षिणी सुडानको अवस्था निकै नै गम्भीर रहेकोले यहाँका सहायताकर्मीलाई सहयोगको माग बमोजिम पनि सहयोग पुर्याउन नसकिएको अवस्था एकातर्फ छ भने अर्कातर्फ यसका कारणले सहयोग गर्न नसकिने अवस्था रहेकोले त्यस बारेमा सोच्नुपर्ने बताए ।

द्वन्द्वमा परेका नागरिकको उद्वारको कार्य भनेको सम्वेदनशिल रहेकोले उनीहरुलाई राष्ट्रसंघले उद्वार गरिरहेको र खानादेखि अन्य सेवा दिइरहेको भए पनि आक्रमणकारीका कारण असहजता उत्पन्न भएको जनाइएको छ ।

उनले भने– यसरी द्वन्द्वमा परेका नागरिकको सहायता गर्नुको सट्टा सहयोगका लागि पुगेका अधिकारीमाथि नै आक्रमण गर्नु मानवताविरुद्धको अपराध हो, यस्तो कार्य दण्डनीय छ ।

दक्षिणी सुडानका विभिन्न स्थानमा सहयोगका लागि पुगेका अधिकारीलाई आक्रमण गरी सहयोग पुर्याउन नदिइएका समाचारका घटनाहरु आइरहेकोले यस्तो कार्य तत्काल बन्द गर्न एक विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।

उनले द्वन्द्वरत विभिन्न पक्षलाई पनि यस कार्यमा सहयोग गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघले विगत लामो समयदेखि यस्तो अवस्थामा सहयोग गर्दै आएको छ ।

दक्षिणी सुडानमा पछिल्लो समयमा बढ्दै गएको हिंसाको कारण त्यहाँ लाखौँ नागरिकले दुःख पाइरहेका छन् ।

सिन्ह्वा