लाहोर / लोहोरको मलरोडमा गत फ्व्रेवरीमा आत्मघातीहलमा गर्ने योजनामा संलग्न जमात उल अहरर र तेहरिक–ई–तालिवान पाकिस्तानका लडाकूको शनिबार प्रहरीसँगको झडपमा गोली लागि मृत्युभएको छ ।

आतङ्कवाद विरुद्धको अभियान अन्तर्गतको पन्जाव प्रहरीका अनुसार आतङ्कवादीहरुको सो समूहको एक सदस्यले लाहोरको मलरोडमा गत फेबु्रअरीमा विस्फोट गराउँदा छ जना प्रहरीसहित १५ जना सर्वसाधारणको मृत्युभएको थियो ।

सो घटनाको जमात उल अहरार समूहले जिम्मेवारी लिएको थियो ।

प्रहरी टोलीलाई फेब्रेुवरीमा भएको विस्फोटमा सहजकर्ता अनवारुल हक, इफरान साह र इमान साहसहितका आतङ्ककारीको समूहले प्रहरीको अनुसन्धान समूह उक्त मलमा पुगेका वेला आतङ्ककारीको एक सदस्यले एक्कासी आक्रमण गरेपछि भएको भीडन्तमा उनीहरुको मृत्युभएको प्रहरी अधिकारीले बताए ।

घटनास्थलबाट प्रहरीले केही विस्फोटक पदार्थसहित आतङ्ककारीका समान जफत गरिएको जनाइएको छ।