विश्वका शक्तिशाली देशम जापानमा बालिकाहरुले यौन सम्बन्धी जरुरतका लागि ठूलो मूल्य चुकाइरहेका छन् ।
जापानका आधुनिक बारहरु यौन जरुरत पूरा गर्नका लागि पुरुषहरुको अड्डा बनेको छ । जहाँ उनीहरुका लागि कम उमेरका किशोरीहरु बोलाइएको हुन्छ ।
युवाहरु यस्ता काम उमेरका किशोरीहरुसँग समय विताउँछन् । पहिला किशोरीहरुलाई अश्लीत तस्वीर र कमिक्सहरु देखाइन्छ । ताकि उनीहरु पुरुषहरुलाई सहयोग गर्न सकुन् ।
यस मामलामा जापानको विश्व स्तरमा आलोचना भइरहेको छ । यसो त तीन वर्ष पहिला जापानमा बाल यौन भिडियोमा प्रतिवन्ध लगाइएको छ । यस प्रतिवन्धको बाबजूत वेश्यावृत्तिमा बालिकाको प्रयोग रोकिएको छैन । बीबीसीले गरेको अनुसन्धानमा टोकियोमा स्कूले किशोरीहरु बढी उमेरका पुरुषहरुसँग समय विताइररहेका भेटिए । जसबापत उनीहरुलाई रकम उपलव्ध गराइएको थियो ।
ती पुरुषहरुका अनुसार स्कूले किशोरीसँग यौनको कुराकानी गर्न र हात पकड्नका लागि कुनै समस्या नै छैन । कयौं पटक १५ वर्ष भन्दा कम उमेरका यी स्कुले किशोरीहरु विद्यालय पोशाकमा समेत फेला पर्ने गरेका छन् ।
जापानको ‘चाको इरो’ जो यौनको विषयमा बदनाम भएको स्थान हो । जहाँ ६ वर्षकी बच्चीकोसमेत अश्लि तस्वीर र फिल्म बन्ने गरेको छ ।
जापानमा बालिकालाई यौन जरुरत पूरा गर्नका लागि प्रत्साहन किन गरिदैँ छ त ?
नयाँ कानून बनेपछि बालिका र युवतीमाथिको यौन शोषण रोकिएको बताइएको छ । तर पनि आशागरे जस्तो सफलता हात लागेको छैन ।