रातको समयमा फेसबुकमा युवा तथा विद्यार्थी अल्झिएको भन्दै बंगलादेश सरकारले फेसबुक नचल्ने बनाउन लागेको छ ।

बंगाल सरकारले रातको समयमा ६ घण्टासम्म फेसबुक बन्द गर्न लागेको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बंगाल सरकारले त्यहाँको टेलिकम मन्त्रालयलाई पत्र पठाउँदै रातको समयमा फेसबुक नचल्ने बनाउन निर्देशन दिएको हो । सरकारले फेसबुकले विद्यार्थीहरुलाई असर गरेको र उनीहरुको काममा समेत ह्रास आएको जनाएको छ ।

टेलिकमका सचिव श्याम सुन्दर सिकन्दरले सरकारबाट पत्र आएको पुष्टि गर्दै यसबारेमा अध्ययन भइरहेको जनाए । तर टेलिकमले भने युवा तथा विद्यार्थीहरु फेसबुकमा मात्र नभइ भाइबर, ह्वाट्सएप, इमो, ट्वीटर जस्ता अन्य साइटमा समेत अल्झने भएकाले फेसबुकलाई मात्र बन्द गर्नुको कुनै औचित्य नहुने बताए ।

बंगालादेश सरकारले यसअघि युट्युव बन्द गरेको थियो । तर टेलिकमले भने फेसबुकलाई बन्द गर्ने भन्दा पनि युवा विद्यार्थीका अविभावकलाई यसबार सचेत बनाउनु पर्ने जनाएको छ ।