पंजाबमा बुधबार राती एक व्यक्तिले नशालु पदार्थको सेवनपश्चात् आफ्नी ७० वर्षीया आमाको बलात्कार गरेका छन् । पुलिसमा दर्ता गरिएको रिपोर्टमा महिलाले आफ्नो छोरोमाथि बलात्कारको आरोप लगाएका छन् ।
महिलाका अनुसार जब उनी शौचालय गइन् तब आफ्नै छोराले उनको बलात्कार गरे । आमा–छोरा दुबै एकै घरमा बस्दै आएका थिए ।
असिस्टेन्ट सब इन्स्पेक्टर कश्मिर सिंहले महिलाको बलात्कारको आरोपको पुष्टि गरेका छन् । उनले छोरामाथि बलात्कारको मुद्दा दर्ता भइसकेको र महिलाको छोरालाई पनि पक्राउ गरिसकिएको पुलिसले बताएको छ ।
(टाइम्स न्यूज नेटवर्क)