दक्षिण अमेरिकी देश चिलीमा एक ननले क्याथोलिक चर्चविरुद्ध मुद्दा दर्ता गरेकी छिन् ।

ती नन यसै चर्चसँग जोडिएकी थिइन् । ननमाथि बलात्कार भयो । बलात्कारपछि उनी गर्भवती भइन् र उनलाई चर्च छोड्नका लागि दबाब दिइएको थियो । ननलाई पुनः सामान्य जीवनमा फिर्ता हुनका लागि चर्चबाहिर ल्याइएको थियो ।

पीडित ननका अनुसार जब अर्की ननलाई उनी गर्भवती भएको थाहा भयो तब उनले चर्च छोड्नका लागि दबाब दिइन् ।

ननका वकिलका अनुसार अन्य ननले बलात्कारका लागि पीडितलाई नै दोषी देखाए ।

बलात्कृत नन अब स्यान्टियागोको आर्चविशप र सेन्ट क्लेयरविरुद्ध मुद्दा दर्ता गर्ने तयारीमा छिन् ।

स्यान्टियागोका सहयोगी बिशप रेव जर्ज कोन्चाका अनुसार ननले कन्वेन्टलाई आफ्नो इच्छा अनुसार छोडेकी थिइन् । जर्जलाई आर्चबिशपको बलात्कार भएको र मार्च २७ तारिखपछिको घटनाबारे थाहा भएको बताए ।

डर र लाजः

ननले चिलीको एक टेलिभिजनसँग आफू सन् २००२ मा २० वर्षको उमेरमा चर्चमा आएको जानकारी दिइन् । उनका अनुसार उनी चिलीको राजधानी स्यान्टियागोको कन्वेन्टमा बस्थिन् । ननले आफ्नो बाहिरी दुनियाँसँगको सम्पर्क रत्तिभर पनि नभएको बताइन् ।

सन् २०१२ मा पुरुषको एक समूहलाई कन्वेन्टमा केही मर्मतका लागि भित्र आउने अनुमती दिइएको थियो । मर्मतका बेला पुरुष कन्वेन्टमा नै सुत्ने गर्दथे । उनीहरुको खानपिनको व्यवस्थाको जिम्मेवारी ननलाई निकै दिइन्थ्यो ।

यीमध्ये एक व्यक्तिले उनको बलात्कार गरे । यहाँसम्म कि आफ्ना अन्य नन साथीहरुसँग उनले यो कुरा लुकाएर राखिन् । आफूले यस्तो डर र लाजका कारण गरेको बताइन् ।

पीडित ननले भनिन्, ‘लाजका कारण मैले आफूलाई केही पनि बताउन असमर्थ भएँ ।’ तीन महिनापछि कन्वेन्टका सिस्टरले बलात्कृत ननलाई गर्भवती पाए ।

पीडित नन बताउँछिन्, ‘अन्य सिस्टरले मलाई रत्तिभर पनि साथ दिएनन् । उनीहरुले मलाई नै दोषी देखाए र मैले कुनै उद्देश्यसहित यस्तो गरेको बताए । मैले आफू निर्दोष भएको कुरा उनलाई बताएँ तर मेरा सहकर्मी सिस्टर मेरो विषयमा निकै क्रुर थिए । ममाथि कन्वेन्ट र चर्च छोड्ने दबाब दिइयो ।’

पीडित ननले भनिन्, ‘उनीहरु मलाई मेरो स्थितीमा नै छोड्न चाहन्थे तर म यस्तो गर्नेमध्येमा थिइनँ ।’

जब अन्तिममा ननले कन्भेन्ट छोड्नुपर्यो उनले चर्च छोड्नका लागि कुनै पनि दस्तावेजमाथि हस्ताक्षर गर्न अस्विकार गरिदिइन् ।

एक बच्चालाई जन्म दिएपछि आफूलाई एक साथीको साहरा चाहिएको उनले बताइन् । ननले आफ्नो बच्चालाई कसैलाई अपनाउनका लागि सुम्पिइन् ।

सन् २०१५ मा ननमाथि भएको बलात्कारमा ती पुरुषलाई दोषी बताउँदै उनलाई पाँच वर्षको जेल सजायँ सुनाइयो । पीडित ननका वकिलले भनिन्, ‘अब स्यान्टियागोको आर्चबिशपले यो मुद्दाको जिम्मेवारी लिने समय आएको छ ।’

ननकी वकिलले भनिन्, ‘उनी एक नन हुन् र कन्वेन्टमा बस्थिन् । उनीमाथि बलात्कार भयो । जब उनले मद्दत पाउनु पर्दथ्यो तब उनलाई नै यसको जिम्मेवार देखाइयो ।’

वकिलले भनिन्, ‘कन्भेन्टमा बस्ने ननको बाहिरी दुनियाँसँग कुनै सम्बन्ध हुँदैन । त्यहाँ पुरुषलाई राती बस्न दिनुहुँदैन । सबै धार्मिक संस्थानमा एक बिशपको अगुवाईमा गिरावट आइरहेको छ । यो मुद्दामा स्यान्टियागोको आर्चबिशप आरोपको घेरामा छ ।’

पीडित ननले भनिन्, ‘मेरो एकमात्र परिवार र चर्चले मलाई परित्याग गर्यो जबकी मैले यो भयानक स्थितीलाई निकै बहादुरीका साथ सामना गरें ।’

बीबीसी