धरान/सीमा क्षेत्रबाट लागुऔषध भित्रयाउदै गर्दा इटहरीका एक व्यक्ति पक्राउ परेका छन् । [caption id="attachment_21656" align="alignleft" width="300"] फाइल तस्बिर[/caption] मोरङको विराटनगर–२१ को १ नम्बर ढाट नजिकैबाट प्रहरीले इटहरीका ४६ वर्षीय रमेश तामाङलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ४५ एम्पुल लुपिजेसिक, ४५ एम्पुल डाइजेल्याप र ४५ एम्पुल एभिल बरामद गरेको हो । उनी इटहरी ४ का हुन् । तामाङलाई प्रहरीले भरातीय बजार जोगवनीबाट नेपालतर्फ आउँदै गर्दा दिउँसो २ बजे चेकजाँच गर्ने क्रममा पक्राउ गरेको थियो । पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको छ।