इलाम/ मेची राजमार्गअन्तर्गत इलामको गोदक सडकखण्डमा बुधवार भएको सवारी दुर्घटनामा सहचालकको मृत्यु भएको छ ।
[caption id="attachment_35290" align="aligncenter" width="759"]
राजमार्गमा गुडिरहेको गाडी एक्कासि भित्तामा ठोक्किएर भएको दुर्घटनामा सहचालक २० वर्षीय रञ्जित सुब्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
जिल्ला शिक्षा कार्यालय इलाममा काठमाडौँबाट उत्तरपुस्तिका लिएर आउँदै गरेको ना १ क ४००९ नंको मिनीट्रक दुर्घटना भएको प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
-रासस