विजयपुर/ गत आईतबार धरान प्रहरीको सुरक्षा घेरा तोडेर भागेका अभियुक्तलाई चार दिन पछि प्रहरीको बिषेश टोलिले पुनः पक्राउ गरेको छ ।गत आईतबार लागुऔषध सम्बन्धि मुद्धामा बयानका लागि जिल्ला अदालत लगेका बेला जिल्ला सरकारी वकिलको कार्यालयबाट हतगडी फुकालेर प्रहरीको सुरक्षा घेरा तोडेर भागेका बिरेन खत्रीलाई बुधबार मोरङको बिराटचौकबाट प्रहरीले पक्राउ गरेको हो ।
धरान–१० स्थित राँगा चौकबाट चैत्र ९ गते पक्राउ परेका लागुऔषध कारोबारी बिरेन खत्री आईतबार दिउसो प्रहरी नियन्त्रणबाट भागेका थिए । मोरङको बेलबारी १० बसोबास भएका अभियुक्त खत्रिलाई प्रहरीले चैत्र ९ गते पाँच सेट टिटी जेसीक,पाँच एम्बुल लुप्रिजेसिक,पाँच एम्बुल डाईजेलक र पाँच एम्बुल एभिल सहित प्रकाउ परेका थिए ।
चैत्र १० गते नै जिल्ला अदालत सुनसरीबाट लागु औषध ऐन अन्र्तगत मुद्धा दर्ता गरि चार दिनको म्याद थप गरिएको थियो । आईतबार म्याद बुझाएर अभियुक्तको बयान लिई पुनःम्याद थप गर्न जिल्ला सरकारी वकिल कार्यालय पु¥याईएका अभियुक्त खत्री सरकारी वकिल कार्यालयको कोठाभित्रबाट,हातियारधारी प्रहरीको सुरक्षा धेरा तोडेर भागेका थिए ।
इलाका प्रहरी कार्यालय धरानले फरार अभियुक्त खत्रीको निगरानी गर्न खटिएका प्रहरी जवानहरु लोकबहादुर महत र जीबन श्रेष्ठलाई आईतबार नै हिरासत चलान गरि सोमबार कारागार ऐन अन्र्तगत थुनुवा फरार ,भागे÷भगाएको दफा प्रयोग गरि मुद्धा चलाईएको छ । उनीहरुको कारबाही प्रकृया अगाडि बढ्नै इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।