तरहरा (सुनसरी)/पूर्वको खोटाङस्थित विकट गाविस बाकाचोलका जनता अहिले अन्धकारमा छन् । विगत १० महिनादेखि गाउँमा विद्युत अापुर्ती नहुँदा बाकाचोलका जनता अन्धकारमा बाँच्न विवश छन् । १० वर्षअघि बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र खुमल्टारले १ करोड ८० लाख, गाविसको ५८ लाख र स्थानीय उपभोक्ताको ७५ लाख लगानीमा निमार्ण भएको जलविद्युत योजना बन्द हुदाँ इलेक्टा्ेनिक सामग‍ी कम्युटर, ल्यापटप र मोवाईलहरु थन्कीएका गाउले बताउछन् । ठुला ठुला कुटानी पिसानी मिलहरु बन्द हुदा जटिलता थपिएकाे छ । सिन्दुरे ढुङ्गा लिदिङ खोला लद्यु जलविद्युत उपभोक्ता समितिको वेवस्ताका कारण विद्युत सञ्चालनमा नआउँदा वाकाचोल गाविसको ६ सय १ घर अन्धाकारमा बस्नु परेकाे समितिका कोषाध्यक्ष टिकाराम पुरीले बताए । करोडौ रुपैयाँको लगानीमा निमार्ण भएको जलविद्युत बन्द हुदा त्यहाँका सर्वसाधरणहरु पीडित बनेकाे उनको भनाइ छ । २०६३/०६४ मा सालमा सुरु भएको योजना करीव ५ वर्षमा सम्पन्न भएकाे थियाे । करीव ४ वर्ष घरघरमा विजुली गए पनि अहिले भने अन्धकार भएको उनको भनाइ छ । कुटानी पिसानी मिल निमार्ण भए सँगै गाउँको ढिकी जातोहरु लोप भएका थिए, अहिले गाउँले त्यही ढिकी जातोहरु खोज्दैछन्' उनले भने । गाउँ टुकीको भरमा भएको कारण मातृभुमी वाकाचोल सेवा समाजका अध्यक्ष पुरीकै संयोजकमा पुन वत्ती वाल्ने तयारी गरीरहेको उनको भनाई थियो । जनताको शेयर समेत धरापमा परेको भन्दै गाउँलेले नयाँ समितिले विस्तार गरेर वत्ती वाल्ने तयारीमा लागेको बताएका छन् । हामीलाई आत्ती वाल्ने वातावरण वनाउँन लागेको छौ गाउले र सरकारले सहयोग गर्नु पर्छ उनले भने । बाकाचोल ३ वादेलमा पहिलो पकट विजुलीको आयोजना जादा गाउँहरुले श्रमदान समेत गरेका थिए । केहि समय लगातै वत्ती वाल्ने तयारीमा लागेको कोषाध्यक्ष पुरीको भनाई छ । अहिले थप जनताहरुबाट शेयर लिएर र वैकबाट ऋण लिएर भए पनि वत्ती वाल्ने तरखर गरीरहेको छौ उनले थपे । तत्कालीन समयमा जलविद्युत निकाल्न वलराम राईको अध्यक्षतामा समिति बनेकाे थियो तर त्यो समितिले काम गर्ने नसक्दा गाउँले समस्यामा परेको भन्दै अहिले नयाँ समिति बनको छ । जस्को अध्यक्षमा हेम्काजी पुरी, उपाध्यक्षमा लाखवहादुर राई, महासचिवमा तुलसीराम पुरी, कोषाध्यक्ष टिकाराम पुरी रहेका छन् । सदस्यहरुमा धनकुमार राई,ज्ञानेन्द्रकुमार राई,डम्वरकुमारी पुरी,जयकुमार तामाङ,निमा तामाङ,वालकुमार सुनुवार,वर्णकुमार राई, रहेको समितिले तत्काल लद्यु जलबिद्युत मर्मत गरी वत्ती वाल्ने तयारी थालेको हो ।