धरान/धरान–१५ निराजन बस्तीमा एक युवाले अर्को व्यक्तिमाथि खुकुरी प्रहार गरेका छन् । पुरानो रिसिइवीका कारण २३ वर्षीय अनेष राईले सोही ठाउका ४२ वर्षीय दलबहादुर राईलाई टाउकोमा खुकुरी प्रहार गरी सोमबार घाइते बनाएका हुन् । घाइतेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि डिस्चार्ज गरिएको छ । उनको टाउकोको पछिल्तिरको भागमा खुकुरी प्रहार गरेका थिए । आक्रमण गर्ने अनेषलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानले आवश्यक अनुसन्धान गरिरहेको डिएसपी ढकेन्द्र खतिवडाले बताए । उनीमाथि कर्तव्य ज्यान मुद्दा अन्तर्गत कारबाही चल्ने बताइएको छ । म्याद थपसमेत भइसकेको छ । उनको साथबाट खुकुरीसमेत बरामद् गरिएको छ ।