विजयपुर/धरान–१० स्थित राँगा चौकबाट चैत्र ९ गते पक्राउ परेका लागुऔषध कारोबारी बिरेन खत्री आईतबार दिउसो प्रहरी नियन्त्रणबाट भागेका छन् ।
खत्री भागेपछि अहिले जिल्ला प्रहरी कार्यलय सुनसरी र इलाका प्रहरी कार्यालय धरानका प्रहरी अधिकृतहरुमा तनाब बढेको छ ।प्रहरीको फितलो निगरानी र कैदी बन्दिहरु प्रति अपनाउनु पर्ने सजगता नअपनाएकै कारण अभियुक्त भाग्न सफल भएको अनुमान गरिएको छ ।
मोरङको बेलबारी १० बसोबास भएका अभियुक्त खत्रिलाई प्रहरीले चैत्र ९ गते पाँच सेट टिटी जेसीक,पाँच एम्बुल लुप्रिजेसिक,पाँच एम्बुल डाईजेलक र पाँच एम्बुल एभिल सहित प्रकाउ परेका थिए । चैत्र १० गते नै जिल्ला अदालत सुनसरीबाट लागु औषध ऐन अन्र्तगत मुद्धा दर्ता गरि चार दिनको म्याद थप गरिएको थियो ।
आईतबार म्याद बुझाएर अभियुक्तको बयान लिई पुनःम्याद थप गर्न जिल्ला सरकारी वकिल कार्यालय पु¥याईएका अभियुक्त खत्री सरकारी वकिल कार्यालयको कोठाभित्रबाट,हातियारधारी प्रहरीको सुरक्षा धेरा तोडेर भागे ।
इलाका प्रहरी कार्यालय धरानले फरार अभियुक्त खत्रीको निगरानी गर्न खटिएका प्रहरी जवानहरु लोकबहादुर महत र जीबन श्रेष्ठलाई आईतबार नै हिरासत चलान गरि सोमबार कारागार ऐन अन्र्तगत थुनुवा फरार ,भागे÷भगाएको दफा प्रयोग गरि मुद्धा चलाईएको छ ।
घटनाको छानबिन गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरी निरिक्षक शेशखराम थानदारको नेतृत्वमा तिन सदस्यि छानबिन समिती बनाएको छ ।
छानबिन समितीले सोमबारबाट आफ्नो काम थालेको छ ।फरार अभियुक्तको खोजी गर्न इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक राजेन्द्र पराजुलीको कमाण्डमा टोलि परिचालन गरेको छ ।
तर अभियुक्त पक्राउ पर्न सकेका छैनन् ।इलाका प्रहरी कार्यालय धरानका निमित्त कार्यालय प्रमुख इन्सपेक्टर याम बहादुर पौडेलले अभियुक्तको खोजी कार्य भईरहेको भन्दै चाडै पक्राउ गर्ने बताए । कसरी भागे खत्री ? इलाका प्रहरी कार्यालय धरानबाट सई चिरञ्जिबी रेग्मीको कमाण्डमा थुनुवाहरु लिएर टोली जिल्ला अदालत पुगको थियो । सई रेग्मीले अभियुक्त खत्रीको निगरानी गर्न प्रहरी जवानहरु जीबन श्रेष्ठ र लोकबहादुर महतलाई खटाएर अन्य अभियुक्तको फायल अदालती कारबाहीका लागि अगाडि बढाउन थाले ।
त्यसै बिचमा दिउसो करिब दुई बजे जिल्ला सरकारी वकिलको कार्यालयमा अभियुक्त खत्रीलाई बयानका लागि लगिएको थियो । खत्री सािहत अन्य तिन जना अभियुक्तपनि थिए । फरार रहेका अभियुक्त खत्री दुब्लो र पातलो थिए ।
सरकारी वकिल कार्यालयको बयान कक्षमा बस्ने सरकारी वकिल त्यहाँ थिएनन् । केहिबेर पर्खनु पर्ने भयो त्यहि मौकामा अभियुक्त खत्रीले आफ्नो हातमा लगाइएको हतगडीबाट हात निकाल्न सफल भए । हातगडीबाट हात निकाल्न साथ उनी फुत्त बाहिर निस्किए अनि उनलाई रुगेर बसेका प्रहरीहरुलाई कोठामा थुनि दिए ।
उनले सरकारी वकिल कार्यालयको ढोकाको बाहिरबाट चुकुल नै लगाई दिएर फरार भए । प्रहरीको केहि सिप चलेन ।झण्डै चार मिनेट पछि ढोका हानिएको आवाज र हल्लाखल्ला भएपछि बाहिरबाट ढोका खुल्यो ।
तर अभियुक्त कता गए प्रहरीलाई पत्तै भएन ।लगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालयको सयुक्त टोलि अभियुक्तको खोजीमा निस्कियो तर यो खबर तयार पार्दा सम्म अभियुक्त पक्राउ पर्न सकेका छैनन् ।(जिल्ला सरकारी वकिल कार्यालयका एक कर्मचारी र प्रहरी श्रोतसँगको कुराकानीमा आधारीत)