विजयपुर/होलीको दिन आफ्नै श्रीमतीको हत्या गरि फरार भएका धरान–१९ का रेखराज राईले आत्मसर्मपण गरेका छन् ।
राईले काठमाण्डौको महानगरिय प्रहरी बृत्त गौशालामा मङगलबार दिउसो आत्मासर्मपण गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले अभियुक्तलाई धरान झिकाउने तयारी भईरहेको बताएका छन् ।
रेखराजले गत चैत्र ३ गते होलीको दिन आफ्नी श्रीमती पबिला राई आग्लोले हानी हत्या गरेको प्रहरीले जनाएको छ ।
१४ बर्ष अघि प्रेम बिबाह गरेका उनीहरु बिच होलीका दिन टिभी हेरी रहेको अबस्थामा आग्लोले हानेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । हत्या गरेर फरार रेखराजलाई कर्तब्य जान सम्बन्धि मुद्धा दर्ता भएको छ ।
याे पनि पढ्नुस
http://blastkhabar.com/news/2017/03/15/34550.html
http://blastkhabar.com/news/2017/03/28/37486.html