तरहरा / नजिकिदै गरेको स्थानीय निर्वाचनको मितिलाई लक्षित गरी सुरक्षा रणनिति तयार गर्ने विराटनगरमा क्षेत्रीय भेला सुरु भएको छ । गृहमन्त्री विमलेन्द्र निधि सहित उच्च सुरक्षा अधिकारीहरुले पूर्वको सुरक्षाबारे रणनिति तयार गर्ने छ । चुनावमा शान्तीसुरक्षा बलियो बनाउँन र आन्तरीक सुरक्षा रणनितिको वारेमा सुरक्षा भेला भएको हो । क्षेत्रीय सुरक्षा भेलाले पूर्वको खुल्ला सिमाना तथा सुरक्षा अवस्थालाई मजवुद बनाउँने लगायतको रणनिति तयार गर्ने पूर्व क्षेत्रीय प्रहरी कार्यलय विराटनगरले जनाएको छ । पूर्वको सुरक्षा अवस्थाको बारेमा छलफल भएको छ । पूर्वमा धेरै खुल्ला सिमाना भएको कारण चुनाव गराउँन अपनाउँनु पर्ने उपायहरुका साथै खुल्ला सिमानामा प्रहरी परीचालन लगायतका विषयमा सुरक्षा भेलामा कुरा उठेको छ । चुनाव भाड्ने गतिविधि गर्ने नदिने लगायतका गम्भिर विषयहरुमा छलफल भएको एक प्रहरी अधिकृतले बताए। उनले भने चुनावको तयारी सँगै क्षेत्रीय सुरक्षाको विषयमा भेला भएको हो । क्षेत्रीय भेलामा पूर्व क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह, पूर्व क्षेत्रीय प्रहरी कार्यलयका डिआईजी रमेश भट्टराई ,शशस्त्र प्रहरी वल पूर्वाञ्चलका डिआईजी जानकी भट्टराई, सुनसरी , मोरङ लगायतका प्रमुख जिल्ला अधिकारीहरु र जिल्लाका एसपी ,एसएसपी लगायतका प्रहरीका उच्च अधिकारीहरुको उपस्थित रहेको क्षेत्रीय प्रहरी प्रवक्ता सन्तोष निरौलाले जनाए ।