तरहरा / सरकारले स्थानीय निर्वाचनको घोषणा गरे सँगै नेकपा एमाले सुनसरी चुनावमा जित्न भित्री रणनिति वनाउँन लागी परेको छ । चुनाब कुनै हालतमा जित्ने लक्ष्यका साथ गाउँ गाउँमा चुनावमा रणनिति वनाउँन लागी परेको हो । चुनावको लागी जिल्ला स्तरीय नेताहरु गाउँ पस्न थालेका हुन ।
जिल्लाका विभिन्न ठाउँमा कार्यकर्ताहरु माझ पुग्दै आएको वताउँदै चुनावको तिब्र तयारी भईरहेको नेकपा एमालेले जनाएको छ । ४ महिने अभियान भर्खरै समाप्त भए सँगै जिल्ला नेतृत्व अहिले गाउँ छिर्ने थालेको नेकपा एमाले सुनसरीले जनाएको छ । संगठन मजवुद वनाउँन लामो समय देखि एमाले सक्रिय हुदै आएको एमाले सुनसरीको सुनसरीको प्राय सबै गाउपालीका तथा नगरपालीकाहरु जित्ने दावी सहित सुनसरीको सबै क्षेत्रमा पार्टीको गतिविधि वढाएको छ ।
नेकपा एमाले सुनसरी जिल्ला सचिवालय सदस्य तथा इटहरीका स्थानीयवासी लक्ष्मी गौतमले चुनावको लागी आफुहरुले ब्यापक तयारी भईरहेको वताईन ।
एमाले संगठन वनाउँन लागीरहेकै छौ उनले भनिन् । शनिवार जिल्ला कमिटिको वैठक वसी गाउँ गाउँमा जिल्ला स्तरीय नेताहरु जने तयारी गरीरहेको वताईन । जिल्ला कमिटिको नेतालाई वार्ड तहको जिम्मेवारी दिएको छ उनले भनिन् । एमालेको सुनसरीमा संगठन निकै वलियो रहेको उनको दावी छ ।
नेकपा एमाले इटहरी उपमहानगरपालीकाको अध्यक्ष रेवती घिमिरेले चुनावी तयारी तिब्र भईरहेको वताए । माथिल्लो निर्देशन अनुसार कार्यकर्ताहरु माझ गईरहेको वताए ।
उम्मेदद्धारको मापदण्ड तय नभएको कारण माथिल्लो निर्देशन अनुसार उम्मेरद्धार तोक्ने उनको भनाई थियो । एमाले इटहरी संगठन सृद्धिडिकरण सँगै कार्यकताहरु सँग भेटघाटको कार्यक्रमलाई तिब्र वनाएको वताए । अहिले हामी संगठनलाई धेरै भन्दा धेरै परीचालन गरीरहेको छौ इटहरी अध्यक्ष घिमिरेले भने ।
नेकपा एमाले धरान उपमहानगरपालीकाको अध्यक्ष तारा सुब्वाले स्थानीय निर्वाचनको तयारी तिब्र भईरहेको वताए । हामी चुनाव जित्ने तयारीको साथ धरानमा एमाले लागेको वताउँदै उमेरद्धारी छनोट तयारी लगभग अन्तिम भईसकेको वताउँदै वडा तथा नगरस्तरमा द्रुत गतिमा पार्टीको गतिविधि भईरहेको वताए ।
केहि समय पछि चुनाव प्रचारप्रसार समिति निमार्ण गरी प्रचार गर्ने थाल्छौ सुब्वाले भने । एमाले जिल्ला उपाध्यक्ष तथा पूर्व पाचकन्या गाविसका अध्यक्ष रमेश वस्नेतले चुनावको तयारी तिब्र भईरहेको वताए । हामी निर्वाचन गर्ने वातवरण सँगै निर्वाचन आफ्नो पक्षमा पार्ने पक्षमा छौ वस्नेतले भने ।
एमाले जिल्ला अध्यक्ष द्धारीकालाल चौधरीले स्थानीय चुनावको लागी सुनसरी एमाले तिब्र लागी परेको वताए । नयाँ संरचना अनुसार पार्टीको विधान अनुसार हामीले संगठन विस्तारमा छु ।
केहि दिन भित्र सबै कमिटिहरुले पूर्णता पाउँदैछ ,मतदाता शिक्षा ,स्वयसेवक,उमेरद्धार मापदण्ड लगायतका कुराहरुमा लागी परीरहेको वताए । प्रदेश स्तरीय बैठक वस्ने पक्का भएको कारण त्यो लगातै नेकपा एमाले सुनसरी चुनावी मौदानमा निस्कने वताए । हामी माथिल्लो निर्देशन अनुसार चुनावी माहोल वनाउँन ब्यस्त छौ एमाले जिल्ला अध्यक्ष चौधरीले भने ।