तरहरा (सुनसरी) / चुनाव भएको करीब एक वर्ष सम्म निष्कृय जस्तै बनेको सुनसरी काग्रेस स्थानीय निर्वाचनको घोषणा सँगै गाउँ तथा नगरहरुममा सक्रियता देखाउँन थालेको छ । चुनावको मिति तोके सँगै सुनसरीको विभिन्न क्षेत्र तथा नगरका काग्रेसहरु चुनावी माहोल बनाउँन अहिले दैनिक सभा र कार्यक्रम मार्फत कार्यकर्ता फकाउँन थालेका हुन् ।

शनिवार नेपाली काग्रेस रामधुनी नगरपालीका वडानम्वर ६ र ७ ले आयोजना गरेको कार्यक्रममा बाेल्दै नेपाली काग्रेसका नेता तथा भौतिक तथा यातायात राज्यमन्त्री सिताराम मेहेताले चुनावमा होमिन कार्यक्रर्ताहरुलाई आग्रह गरे ।

उनले तोकिएकै मितिमा चुनाव हुने पक्का भएको भन्दै कार्यकर्ताहरुलाई गाउँमा चुनावको माहोल बनाउँन आग्रह गरे । उनले चुनावको मुखमा विभिन्न राजनितिक दलहरुबाट काग्रेसमा प्रवेश गर्नेलाई टिका लागाउँदै देशभर चुनावको माहोल वनेको बताए । त्यस क्षेत्रबाट करी ४ दर्जन युवा नेपाली काग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काग्रेस ६ नम्बर क्षेत्रीय सभापति उपेन्द्र कटुवालले चुनावको तयारीमा आफुहरु लागी परेको बताउँदै गाउँ तथा क्षेत्रको कार्यक्रमलाई तिब्रता दिईरहेको बताए । उनले भने पछिल्लो समयमा आफ्नो पार्टी काग्रेस सक्रिय रुपमा गाउँ पसेर कार्यकर्ताहरुलाई सक्रिय बनाउँन थालेको उनको भनाई थियो ।

नेपाली काग्रेस क्षेत्रनम्वर ६ का वडाहरुमा सक्रिय रुपमा संगठन विस्तारमा समेत लागी परेको उनको भनाई थियो । पछिल्लो समयमा काग्रेसमा प्रवेश गर्ने युवाहरुको समुह समेत वढेको उनको भनाई थियो ।

नेपाली काग्रेस इटहरी उपमहानगर सभापति हेमकर्ण पौडेलले पनि चुनाव भएको एक वर्ष पछि काग्रेस सक्रिय हुन थालेको बताए । अहिले सम्म खासै संगठनको लागी सक्रिय नभए पनि अहिले वडा तथा नगरको कार्यसमिति विस्तारमा समेत लागी परेको बताए ।

चुनावको मिति तोकिए सँगै काग्रेस वडा तथा नगरमा विभिन्न पार्टीको क्रियाकलापमा लागेको भन्दै चुनावको ब्यापक तयारी भएको बताए । नेपाली काग्रेस सक्रिय हुन थालेको नेपाली काग्रेस क्षेत्र नम्वर २ का क्षेत्रीय सभापति मणिराम श्रेष्ठले बताए । पछिल्लो समयमा काग्रेसको विभिन्न तह र तप्कामा कार्यक्रमहरु दैनिक जसो भईरहेको उनको भनाई थियो । नेपाली काग्रेस सुनसरीमा सचिव तथा धरानका स्थानीयवासी सुजेन्द्र गोलेले पनि काग्रेसको संगठन विस्तारमा आफुहरु सक्रिय हुन थालेको बताए । भातृ संगठन विस्तारमा समेत काग्रेस सक्रिय हुदै गएको उनको भनाई थियो । चुनावको लागी काग्रेस सुनसरी तिब्र तयारीमा छ गोलेले भने ।

यता तरुण दल सुनसरीका सभापति शिजन गुरुङले पनि चुनावको लागी तरुण युवाहरुलाई सक्रिय बनाउँन थालेको बताए । प्रत्येक नगर तथा क्षेत्रका तरुण दलका युवाहरु चुनावको लागी तयारी भएको बताए । पछिल्लो समयमा तरुणदलले सातामा ३ वटा सम्म कार्यक्रमम गर्ने थालेको छ । यता नेपाली काग्रेस सुनसरीका सभापति राजिव कोईरालाले नेपाली काग्रेस चुनावको तयारीमा लागेको बताए । गाउपालीका तथा नगरपालीकाहरुमा काग्रेसको सक्रियता समेत बढ्न थालेको उनको भनाई छ । सुनसरीको दक्षिणी भेगमा समेत कार्यक्रमहरु ब्यापक रुपमा भईरहेको जिल्ला सभापति राजिव कोईरालाको भनाई छ । हामी चुनावको लागी गाउँ गाउँमा कार्यक्रम गर्दछौ कोईरालाले भने ।