काठमाडौं / प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले दलको चुनाव चिन्ह लिएर चुनाव लड्न नपाएकाहरुलाई स्वतन्त्र उम्मेदवारी दिन आग्रह गरेकाछन् ।

व्यवस्थापिका–संसदमा नरहेका दलहरुले स्थानीय तहको चुनावमा आयोगले दिएको चुनाव चिन्हको प्रयोग गर्न नपाएकोमा गुनासो गरेपछि प्रमुख आयुक्त यादवले आयोग संविधान र कानुन अनुसार चल्ने उल्लेख गर्दै स्वतन्त्र उम्मेदवार भएर चुनावमा सहभागी हुन आग्रह गरेका हुन् ।

आयोगले गरेको अन्तक्रिया कार्यक्रममा प्रमुख आयुक्त यादवले संसदले ऐन संशोधन गरे पनि यो चुनावमा संसदमा नरहेका दलहरुदलाई सहभागी गराउन नसकिने भन्दै उनले आयोगको बाध्यता बुझिदिन पनि अनुरोध गरे ।

कानुनी हिसाबले ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको र राजनीतिक दलहरुले उम्मेदवारी दिँदा अध्यक्ष वा उपाध्यक्ष, मेयर वा उपमेयरमध्ये एकजना महिला हुनैपर्ने व्यवस्था भएकाले उम्मेदवारको छनौट गर्दा जिताउने उद्देश्यले गर्न अनुरोध गरेकाछन् ।