मानिसले पशुमाथि गर्ने बलात्कारलाई पाशविक क्रियाकै रुपमा लिइन्छ ।   तर दुनियामा कोही मानिसहरु यस्ता यौन पिपाशु हुन्छन् जसले जनावरहरु पनि छाड्दैनन् आफ्नो यौन प्यास मेटाउन । अमेरिकाको उत्तरपूर्वी फ्लोरिडामा हुने पशुकरणीका घटनामा बाख्रो नै सबैभन्दा बढि तारो हुने गरेको पाइएको छ । यसै विषयमा स्थानीय क्यारिभेल पत्रिकाले फिचर पनि प्रकाशित गरेको थियो । रिपोर्टमा शरोन क्रुज पिसिना नामकी एक महिलाले आफ्नो घरका ३ वटा बाख्रामाथि धेरै पटक लगातार बलात्कार भएको खुलासा गरेकी छिन् । बाख्रा करणीमा फ्लोरिडा निकै बदमान छ । सन् २००७ मा ४८ वर्षका एक पुरुषले फ्लोरिडाको मोसी हेडमा बाख्रामाथि बलात्कार गरेका थिए । बलात्कारपछि उनले बाख्राको हत्या गरे । त्यसपछि फ्लोरिडामा पशु करणीलाई यौन अपराध घोषित गरेर अवैध ठहर गरियो । ती पुरुषमाथि भने पशुु चोरीको आरोपमा ११ महिना २९ दिनको जेल सजाय तोकिसकिएको थियो । बढ्दो पशु करणीसँगै एउटा प्रश्न उठेको उठ्छ, आखिर मानिसले पशुसँग किन सेक्स गर्छ ? फोरेन्सिक विज्ञहरुका अनुसार यी १० थरीका मानिसहरु पशुकरणीमा संलग्न हुन्छन्: ह्युमन एनिमल रोल प्लेयर्स:  जसले जनावरसँग कहिल्यैपनि सेक्स गरेका हुँदैनन् । तर सेक्सको मामिलामा भडि्कएसँगै उनीहरु जनावरप्रति आकषिर्त हुन्छन् । रोमान्टिक पाशविक : यस्ता मानिसहरु जनावरलाई पालेर राख्छन् र उनीहरु मनोयौनिकता तर्फ रुची राख्दछन् । तर करणी भने गर्दैनन् । अस्थीर कल्पनाशील व्यक्ति:  यस्ता मानिसहरु त्यस्ता हुन् जुो पशुसँग सहवासको कल्पना गर्छन् तर कहिल्यै गर्दैनन् । पशुमै हराउने:  यस्ता मानिसहरु पशुहरुलाई यौन मनोभावनाले स्पर्श गर्दछन् । पशुहरुलाई आलिंगन गर्छन् । पशुहरुको यौनांग पनि छुन्छन् तर सेक्स गर्दैनन् । अन्धभक्त मानिस:  यिनीहरु पशुहरुलाई हरेक कोणबाट हेर्छन् । कहिलेकाहीँ कामूक नजरबाट नाप्दछन् । पशुहरुबीचमै हुने यौनक्रिडाका बेला पनि उनीहरु बढि नै सक्रिय हुन्छन् । यौन पिपासु : उनीहरु पशुसँग सेक्स गर्छन् र सेक्स मात्र होइन पशुलाई पीडा पनि दिन्छन् । मौकापरस्त:  उनीहरु यौन सम्बन्धको मामिलामा सामान्य हुन्छन् तर मौका मिल्नासाथ पशुसँग पनि सेक्स गर्न पछि पर्दैनन् । नियमित यौन पिपासुः यस्ता मानिसहरु पशुसँग सेक्स गर्न बढि मन पराउँछन् । उनीहरुलाई मानिससँग सेक्स गर्दा भन्दा पशुसँग सेक्स गर्दा बढि आनन्द आउँछ । हिंश्रक:  यस्ता मानिसहरु सेक्सका दौरान पशुको हत्या पनि गर्दछन् । पशु मरिसकेपछि समेत पशुमाथि सेक्स गर्न छाड्दैनन् । एक्सक्लुसिभ पाशविक:  यस्ता मानिसहरु केवल पशुसँग मात्र सेक्स गर्दछन् । मानिससँग गर्दैनन् । एजेन्सीको सहयोगमा