लिमा (पेरु)/पेरुमा गत डिसेम्बरदेखि हालसम्म बाढीपहिरोको प्रकोप जारी रहेको छ ।
[caption id="attachment_35951" align="alignnone" width="1024"]

Pic Google[/caption]
भारी बर्षापछि आएको यस बाढीपहिरोमा परी सो समयदेखि हालसम्म ७५ जनाको मृत्यु भएको छ भने, अन्य ३० जना हराइरहेका छन् । त्यसैगरी यस घटनामा परी २६३ घाइते भएका छन ।
राष्ट्रिय आपतकालिन उद्धार केन्द्र (सिओइएन) ले सोमबार सार्वजनिक गरेको विवरण अनुसार सो जानकारीहरु दिइएको छ ।
डिसेम्बरको पहिलो हप्तादेखि सुरु भएको बाढीपहिरोले प्रभावित हुनेक्रम फेब्रुअरी सम्म बढी नै रहेको सिओइएनले जनाएको छ ।
बाढी पहिरोमा परेर ६ लाख २७ हजार ४८ जना प्रभावित भएका छन भने, १ लाख १६९ जना विस्थापित भएका छन् ।
बाढीपहिरोले सवै भन्दा धेरै उत्तरपूर्वी क्षेत्रका तुम्बर्सस्, पिउरा, लम्बायेक, ला लिबेर्टेड एन्कास, लिमा लगायतका प्रान्तहरु प्रभावित भएका छन् ।
सिओइएनले दिएको जानकारी अनुसार बाढी पहिरोका कारण १ हजार १०९ किलोमिटर बाटो भत्किएको छ भने, ३ हजार ८४९ किलोमिटर सडक प्रभावित भएको छ ।
त्यसैगरी झण्डै १५९ पुल पूर्णरुपमा क्षतिग्रस्त भएका छन्, २७४ ओटा पुलमा नोक्सानी भएको छ र ३३ ओटा राजमार्ग बन्द भएका छन् ।
सिओएएनले १० हजार ६४२ ओटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको, १२ हजार १२६ ओटा घर प्रयोग गर्न नमिल्ने भएको र १ लाख ३४ हजार २९० ओटा घर घरमा पनि नोक्सानी भएको जनाएको छ ।
रासस/सिन्ह्वा