धरान/ निर्वाचन आयोगअगाडि विरोध प्रदर्शन गर्न पुगेका राप्रपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ  ।झडपमा ढुंगा हानाहान हुँदा राप्रपाका केही कार्यकता र प्रहरी घाइते भएको बताइएको छ ।निर्वाचन आयोगले विधानबाट हिन्दू राष्ट्र र राजतन्त्र हटाएपछि राप्रपाले आयोगको निर्णय पुनर्विचारको माग गर्दै विरोध कार्यक्रम गरेको थियो । निर्वाचन आयोगको कार्यालय घेराउ गर्न गएकाबेला प्रहरीसँगको झडपमा राप्रपाका पूर्वअध्यक्ष पशुपति समशेर राणा घाइते भएका हुन । पूर्वमन्त्रीसमेत रहेका राणाले जुलुशको अगुवाई गरिरहेका थिए ।   पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णयको विरोध गर्दै राप्रपा नेता कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालय घेराउ गर्न गएका थिए । शान्तिवाटिकाबाट अघि बढेको जुलुस कान्तिपथस्थित निर्वाचन आयोगको गेट नजिकै पुगेपछि प्रहरीसँग झडप भएको थियो । त्यसक्रममा प्रहरीले अश्रुग्यास हान्नुका साथै लाठीचार्ज समेत गरेको थियो । राणाको खुट्टामा चोट लागेको छ । उनलाई तत्कालै राप्रपाका कार्यकर्ता र प्रहरीहरु मिलेर उद्धार गरेका थिए । राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार प्रहरीको लाठी प्रहारबाट राणासहित सांसद कुन्ती शाही, प्रवक्ता रोशन कार्की लगायत घाइते भएका छन्