धरान/निर्वाचन आयोगअगाडि विरोध प्रदर्शन गर्न पुगेका राप्रपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
झडपमा ढुंगा हानाहान हुँदा राप्रपाका केही कार्यकता र प्रहरी घाइते भएको बताइएको छ ।निर्वाचन आयोगले विधानबाट हिन्दू राष्ट्र र राजतन्त्र हटाएपछि राप्रपाले आयोगको निर्णय पुनर्विचारको माग गर्दै विरोध कार्यक्रम गरेको थियो ।
धर्नामा उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री कमल थापा जाने भनिए पनि उनी भने पुगेनन् ।विरोध प्रदर्शनमा सहभागी हुन पुगेका पार्टीका नेता पशुपतिशमशेर राणासहित केही कार्यकर्ता घाइते भएको बताइएको छ ।