काठमाडौँ / एनसेल प्रकरण अहिले उत्कर्षमा छ । एकातर्फ जनताहरु कर नतिर्ने एनसेलको दादागिरीविरुद्ध सडकमा छन् भने अर्कोतर्फ सदनमा समेत यसको चर्को बहस चल्न थालेको छ । तर आफुले तिर्नुपर्ने ३३ अर्व कर नतिर्ने एनसेलले राजनीतिक दलका ठूला नेताहरुलाई पार्टीलाई र व्यक्तिगत रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएपछि र पेस्की स्वरूप नै मोटो रकम दिएपछी एनसेल प्रकरणलाई थामथुम पार्न खोजिएको खुलासा भएको छ ।

एनसेलले गोप्य बैठकमा ठुला दललाई भन्यो, 'चुनाव खर्च दिन्छौं, कुरा मिलाईदिनुहोस्'

स्रोतका अनुसार यहि वैशाख ३१ गते घोषणा गरिएको स्थानीय तहको निर्वाचनमा एनसेलले चुनाव खर्च दिने भन्दै ठुला दललाई फकाउने काम गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री कृष्णबहादुर महरा मात्रै होइन कांग्रेस नेता शेर बहादुर देउबा र एमाले नेता केपी ओलीलाई छुट्टा छुट्टै भेटी एनसेलले पार्टीलाई ठूलो रकम सहयोग गर्ने प्रतिबद्धता गरी कुरा मिलाईदिन आग्रह गरेका छन् ।

एनसेललाई ३३ अर्ब कर तिर्न बाट जोगाए राम्रो रकम गोजीमा भरिदिने भनेपछि अहिले विभिन्न दलका शीर्ष नेताहरु यसमा अहोरात्र लागेका छन् । जानकार स्रोतको दावी छ यो प्रकरणमा प्रतिपक्ष नेकपा एमाले पनि एनसेलकै साथमा छ । उसले पनि मोटो रकम लिएर एनसेल प्रकरणमा एनसेललाई नै साथ दिने प्रतिबद्धता जनाएको छ ।

निर्वाचनको सबै खर्च एनसेलको !

निर्वाचनमा चाहिने सबैखाले खर्च एनसेललेनै दिने भनेपछि अहिले यी ३ दलका शीर्ष नेताहरु एनसेल बचाउ अभियानमा लागेका छन् ।  एनसेलले पेस्की स्वरूप मोटो रकम गोजीमा भरिदिएपछी प्रधानमन्त्री  पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवाको सक्रियतामा एनसेललाई ३३ अर्ब तिर्नु नपर्ने निर्णय उनीहरुले क्याविनेटबाटै गरेका छन् । अरुबेला प्रतिपक्षको भूमिका निर्वाह गर्ने बहानामा ठुला ठुला कुरा गर्ने एमाले पनि चुनाव खर्च आउने भनेपछि शान्त भएको छ । स्रोतका अनुसार यस विषयमा एनसेलले कांग्रेस र माओवादीलाइ मनाइसकेको थियो । तर प्रतिपक्ष भएको नाताले पनि एमालेले यहि निहुँमा बखेडा झिक्ने तयारी गरेपछि एनसेलले एमालेलाई पनि चुनाव खर्च दिने भएको हो ।

कसले पाए कति पेस्की ?

एनसेलकै विश्वस्त स्रोतले दिएको जानकारी अनुसार पेस्की स्वरूप कांग्रेस नेता शेर बहादुर देउबा, एमाले नेता केपी ओली र पुष्पकमल दाहालले जनही ५० करोड रुपैयाँ लिइसकेका छन् । यसरी हिसाव गर्ने हो भने यी तीन पार्टीलाइ एनसेलले करिव डेढ अर्व रुपैयाँ बाँढेको छ । बाँकी रकम काम भएपछी दिने एनसेलले नेताहरुलाई प्रतिबद्धता गरेको छ । चुनाव खर्च सहित एनसेलले  विभिन्न पार्टीलाइ घुस खुवाउने र चुनाव खर्च  गरी ७ अर्व खर्च गर्ने तयारी गरिरहेको छ ।

-अर्थ सराेकारबाट साभार