बेलबारी / राज्यको पुनःसंरचना सँगसँगै बनेको नयाँ नगर तथा गाउँपालिकाको संरचनाअनुसार माओवादी केन्द्रले पार्टी बिस्तारलाई तिब्र बनाएको छ ।
मोरङ जिल्ला पार्टीको बैठकले १७ वटा स्थानीय तहको संयोजकहरु तोकेपछि धमाधम नगर तथा गाउँपालिकास्तरीय पार्टी कमिटी बिस्तार भएको हो । पार्टीले विराटनगरको जिम्मेवारी भोगेन्द्र यादव, बुढुगंगा गाउँपालिकामा किरण ओझा, सुन्दरहरैँचामा अरुण सुन्दास, केराबारी गाउँपालिकामा राम कार्की, लेटाङ नगरपालिकामा प्रेम मिभक, मिक्लाजुङ गाउँपालिकामा याम गजमेर, पथरी शनिश्चरे नगरपालिकामा दीनानाथ तिम्सिना, कानेपोखरी गाउँपालिकामा अविनाश मण्डललाई जिम्मेवारी दिएको छ ।
यसैगरी बेलबारी नगरपालिकामा विनिता घिमिरे, ग्रामथान गाउँपालिकामा विजयविश्वास थारू, कटहरी गाउँपालिकामा ओपेन्द्र राय, जहदा गाउँपालिकामा राजकुमार यादव, धनपालगढी गाउँपालिकामा श्रवण पासवान, रङ्गेली नगरपालिकामा दिलीप अग्रवाल, सुनबर्सी नगरपालिकामा जुगेश्वर साह, रतुवामाई नगरपालिकामा प्रकाश पौडेललाई जिम्मेवारी दिएको मोरङ इञ्चार्ज कुशल लिम्बूले बताएका छन् । शनिबार मोरङको केराबारी गाउँपालिकाको भेला गरी राम कार्कीको संयोजकत्वमा ५५ सदस्यीय गाउँ कमिटी गठन भएको छ ।
जिल्लाका संयोजक गोपी अछामीको प्रमुख आतिथ्यमा भेला भएको थियो । आइतबार उर्लाबारी नगरपालिकाको पनि नगरस्तरीय भेला मोरङ इञ्चार्ज कुशल लिम्बूको प्रमुख आतिथ्यमा भएको छ । साथै मिक्लाजुङ गाउँपालिकाको पनि भेला भइसकेको छ ।