धरान/राप्रपाले नौंं जिल्लाबाट चुनाव लड्न नपाउने भएको छ । राप्रपाले मोरङ, सिराहा, धनुषा, महोत्तरी, गोरखासहित ९ जिल्लामा चुनाव लड्न नपाउने भएको हो ।

सम्बन्धित जिल्लाहरुमा निर्वाचन आयोगले तोकेको समयमा दर्ता नगरेपछि चुनाव लड्न नपाउने भएको हो । त्यस्तै नेपाली कांग्रेसले पनि एक जिल्लाबाट चुनाव लड्न नपाउने भएको छ ।
निर्वाचन आयोगले स्थानीय चुनावको लागि दल दर्ता गर्न पुस २५ देखि माघ १७ गतेसम्मको समयसीमा कायम गरेको थियो । त्यस अवधिमा पार्टीहरुले दर्ता नगरे पछि उनीहरुले चुनाव लड्न नपाउने भएको हो ।
राप्रपाले मोरङ, सिराहा, महोत्तरी, धनुषा, रसुवा, बारा, लमजुङ, गोरखा र डोल्पामा दर्ता भएको छैन भने नेपाली कांग्रेस भने डोल्पामा छुटेको छ । तर, पनि स्वतन्त्र हैसियतमा भने उठ्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार अब दर्ता नभएका जिल्लाहरुमा कांग्रेस र राप्रपाले स्थानीय चुनाव लड्न नसक्ने तर, स्वतन्त्र रुपमा लड्न भने सक्ने बताए ।
हेर्नुहाेस सूची ः