बिर्तामोड/ सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन हुन नदिने बताएका छन् ।

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको सङ्घीय लिम्बुवान मञ्चको पाँचौ झापा जिल्ला अधिवेशनपछि निर्र्वािचत कमिटी सार्वजनिक कार्यक्रममा बोल्दै उनले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन असफल बनाउने बताएका हुन् ।

’स्थानीय तहको निर्वाचन केन्द्र सरकारले गर्ने भएपछि सङ्घीयता खारेज भएको ठहर्छ’, लिङदेनले भने, –‘हामी सङ्घीयवादीहरु सङ्घीयता विरुद्वको जस्तोसुकै षड्यन्त्र असफल पार्छौ ।’ उनले केन्द्र सरकारले प्रदेशको निर्वाचन गर्नुपर्ने र प्रदेशले स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताए । प्रदेशको अधिकार केन्द्र सरकारले खोसेपछि सङ्घीयता असफल भएको सन्देश जाने उनले बताए ।

सङ्घीय लिम्बुवान मञ्च निर्वाचनविरोधी नभएको तर्क उनले पेश गरे । भने, ‘हामी लोकतन्त्रमा विश्वास गर्छौ, लोकतन्त्रको गहना निर्वाचन हो, तर त्यो वैधानिक हुनुप¥यो ।’ जबर्जस्ती निर्वाचन गर्न खोजिए आन्दोलनको आँधिबेहरी ल्याउने दाबी उनले गरेका थिए ।

पाँचौं जिल्ला अधिवेशनबाट पुनः धनबहादुर पन्धाक अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । यसैगरी बरिष्ठ उपाध्यक्षमा नगेन राई, उपाध्यक्षमा सन्त फेउदेन, राजकुमार फागो, केशव मैनाली, बबिता राई, ज्वाला इम्बुङ, नारायण तामाङ, प्रेम फागो, गजेन्द्र योङहाङ, अमित खम्बू र करण योङहाङ चयन भएका छन् । सचिवमा गौरीमान राई, राजा आङथुपो र तीर्थ पौडेल चयन भएका छन् । अर्थ सचिवमा उमेश उपरकोटी र सचिवालय सदस्यमा राम योङहाङ, शिवकुमार राई, विजय, कृष्णप्रसाद राई, विश्वकुमार मगर, दयासागर आचार्य, बुद्धवीर तिगेला, कृष्ण सेन्दाङ, वीरेन्द्रकुमार एक्तेन, इन्द्र लिम्बू, अजिमान योन्जन, खेम लिम्बू, विक्रम लावती र त्रिलोचन रिमाल छन् ।

यस्तै जिल्ला सदस्यमा बीएम लक्सम, जितबहादुर सुनुवार, बालकृष्ण खतिवडा, बुद्धिमान तामाङ, मुना तामाङ, सोनाहाङ राई, दलकुमार शेर्मा, नगेन्द्र लावती, प्रेमकुमार लिम्बू, हाङवीर कुलुङ, राज चेम्जोङ, नगेन्द्र लावती, प्रभा लामगादे, सुवानसिंह कुरुम्वाङ र जयप्रकाश धिमाल छन् । १६ सदस्य पछि मनोनित गरिने बताइएको छ ।