इटहरी / इटहरीमा सञ्चालित प्रिमियर होटल स्कुलका विद्यार्थीहरुले इटहरीमै पहिलो फूड फेष्टिवलको आयोजना गरेका छन् । फेष्टिवलमा नेपाल तथा अन्य देशमा खाइने ४० भन्दा बढी प्रकारको खानाका परिकार बनाएका थिए ।
इटही व्याङकेटमा शनिबार भएको फेष्टिवलमा पाँच सय भन्दा बढीको सहभागिता रहेको स्कुलका कार्यकारी प्रमुख सुनिल भूषालले जानकारी दिए । कार्यक्रममा म्यूजिक र नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।
व्यवहारीक शिक्षासँग सगै रोजगारमुलक शिक्षमा जोड दिदै शूरु भएको होटल प्रिमियर स्कुलले डिप्लोमा इन होटल म्यानेजमेन्ट र डिप्लोमा इन कलिनरी आर्टको विद्यार्थीहरु फुड फेष्टिवलको आयोजना गरेका हुुन् । फेष्टिवल कार्यक्रममा व्यापारिक तथा सामाजिक संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।