इटहरी / काठमाडौ र पोखरामा मात्र सिमित रहेको स्पा सेन्टर अव इटहरीमा खुलेको छ । इटहरीमा रोज रक अर्गानिक रेष्टुरेन्ट एण्ड स्पा सेन्टर सञ्चालनमा आएको हो । इटहरीस्थित गोर्खा भित्र अर्गानिकका पारखीहरको लागि स्पा सेन्टर खुलेको हो ।

स्वास्थ्यलाई कुनै असर नहुने मममा सिस्नो, पालक, चम्सुर, रायो, बेथु र लट्टेका साग मिश्रणबाट मम तयार हुनेछ । जसमा भेज र नन भेज दुवैको सेवा उपलब्ध हुने पनि जनाइएको छ । ग्रिन ममलाई तिनवटा अचारले थप मिठो बनाउने छ ।

सेन्टरका सञ्चालक सुरेश बिकासले सेन्टरमा आइतबार पत्रकार सम्मेलन गरी अर्गानिक खानेकुराले स्वास्थ्य समेत राम्रो हुने भएकोले यसको माग बढ्दो रहेको जनाए । सञ्चालक सुरेशले स्वास्थ्यलाई बिशेष महत्व दिएर खोलिएकोयसमा खानपानसँगै शरिरका बिभिन्न रोगहरुको उपचारको लागी उपलब्धीमुलक हुने दावी गरे ।

रेष्टुरेष्ट एण्ड स्पा सेन्टरका लागि एक करोड रुपैयाँ लगानी भएको पनि उनले बताए । जहा हाइजेनिक खाना र स्पालाई बिशेष महत्व दिएको र स्पा भित्र साउना स्टिम र सिरोधाराको सुबिधा समेत भएको उनले बताए ।

६० रुपैयाँमा ग्रिन भेज मःमः समेत उपलब्ध हुने पत्रकार सम्मेनमा बताए । यो मम रङमा पनि हरियो हुनेछ । पत्रकार सम्मेलनमा रोज रकमा सभा पार्टी अनि वैठकका लागि ७५जना क्षमता भएको हल समेत उपलब्ध भएको जानकारी दिए ।

शरिरको तौल कम गर्नुको साथै मन स्थिर राख्न, शरिरको थकान मेटाउने, तनाव मुक्त गराउने र रोगसँग लड्ने क्षमता बढाउन साउना स्टिमले सहयोग गर्ने सञ्चालकले जनाएका छन् ।

धुम्रपानको लत छुटाउनुको साथै शारिरका मंशपेशी मजबुद बनाउने यस स्टिमले सहयोग गर्ने गर्छ । साथै चिया चुरोट र रक्सीको टंक्सन निकाल्न पनि यसले मद्धत गर्छ । साउना स्टिम गर्दा प्रेसर ब्यालेन्स र फ्याटी लिबर कम हुने पनि बताइएको छ ।

जौको जमरा, लौका, करेला, घिउकुमारीको ताजा जुस पनि उपलब्ध हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।