धरान/ ‘भत्ता लिने, गाडी चड्ने अनि संविधान मान्दिन भन्ने । नकचरोको पनि हद हुन्छ नि ? भन्दै नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले मधेशी मोर्चालाई ब्यङग्य गरिरहदा सप्तरीमा भने मधेशी मोर्चाका नेताहरुले केपी ओली मधेशी बिरोधी भएको भाषण गरिरहेका थिए । आजकाल मोर्चा र ओली बिच आरोप र ब्यङग्यको जुहारी नै चल्न थालेको छ ।
मेची–महाकाली राष्ट्रिय अभियान लिएर आइतबार भैरहवा पुगेका प्रमुख विपक्षी दल एमालेका शीर्ष नेताहरुले प्रचण्ड सरकारसँगै मधेसी मोर्चाको पनि चर्को आलोचना गरेका छन् । यतिसम्म कि एमाले अध्यक्ष ओलीले सवारी दुर्घटना पनि प्रचण्ड सरकारकै कारण भएको बताए ।
पूर्वप्रधानमन्त्री ओलीले भने, ‘विकास प्रेमी, नेपाली जनताले मन पराएको सरकारलाई हटाएर अर्कैको इशारामा एउटा यस्तो सरकार बनेको छ । यो सरकार बनेदेखि गाडी नपल्टिएको दिन नै छैन । उम्दै उलच्छिनी सरकार !’
उनले मधेसी मोर्चामाथि केही मानिस मराउने र त्यसमाथि राजनीति गर्ने गरेको आरोप लगाए । सप्तरीमा पनि त्यस्तै भएको भन्दै उनले भने, ‘तथाकथित मधेसी मोर्चाले केही मानिसलाई उचालेर भिडन्तको स्थिति बनायो ।’