काठमाडौं/ निर्वाचन आयोगले ७४४ स्थानीय तहमा चैत ३ गतेभित्र पुग्ने गरी कर्मचारी खटाउन सरकारलाई निर्देशन दिएको छ । आयोगले आपसी समन्वय गरी कर्मचारीको खटनपटनको व्यवस्था मिलाउन सामान्य प्रशासन र स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको हो।

स्थानीय तहमा स्वीकृत दरबन्दीबमोजिमको कर्मचारी खटाउँदा सम्भव भएसम्म सम्बन्धित सेवारसमूहका कर्मचारी खटाउने र नभएमा अन्य उपयुक्त सेवारसमूहबाट कर्मचारी व्यवस्थापन गर्न भनेको छ ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन अवधिभर निर्वाचन कार्यमा हुने कर्मचारी खटनपटनमा असर पर्ने गरी कुनै पनि तालिममा कर्मचारी नखटाउन पनि निर्देशन दिएको छ ।

कुनै पनि मन्त्रालयरनिकायरविभागबाट गोष्ठी, तालिम, सेमिनार आदि सञ्चालन गर्ने तर एकै जिल्लाभित्रका कर्मचारीहरु सहभागी हुने अल्पकालीन अवधि वा यस्ता कार्यक्रम सञ्चालन गर्नु परेमा निर्वाचन कार्यक्रममा असर नपर्ने गरी सञ्चालन गर्न सकिने छ ।