काठमाडौं/राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल गठन भएको केही समय नबित्दै बरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टी परित्याग गरेका छन् । चुनाव चिन्ह हलो राख्नु पर्ने अडान लिँदै आएका डा. लोहनीले काठमाडौंको रिपोर्टस क्लवमा आइतबार पत्रकार सम्मेलन गर्दै पार्टी परित्याग गर्ने घोषणा गरेका छन् । डा. लोहनीले पार्टी अध्यक्ष कमल थापालाई पत्र लेख्दै आजकै मितिबाट राप्रपामा नरहने घोषणा गरेका छन् । एकता महाधिवेशनपछि पार्टी विधानलाई उपेक्षा गरिएको र समझदारीलाई लत्याउने काम गरिएको आरोप लोहनीको छ । उनले २५ वर्षदेखि कार्यरत पार्टी छोड्दा दुःख लागेको बताएका छन् ।