इटहरी/ इटहरी ५ जनता बस्तिका घर परीवालाई युवा संघले झुल वितरण गरेको छ । सुनसरी क्षेत्र नं २ का साँसद रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यतामा झुल वितरण गरिएको हो ।
जनता वस्तीमा ५१ परिवारलाई झुल बितरण गरीएको अध्यक्ष किशोर मगरले जानकारी दिए । झुल बितरण कार्यक्रममा रामप्रसाद चौलागाई, चुडामणि भट्टराई इश्वरबिक्रम शाह, कल्याण बहादुर कार्की लगायतको सहभागिता रहेको थियो ।