इटहरी / किरात राई यायोक्खा हाँसपोसा प्रारम्भिक कार्य समिति सुनसरीको सातौं अधिवेशन शनिबार सम्पन्न भएको छ । तरहरास्थित भूपू सैनिकको भवनमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष क्याप्टेन नाकधन राईको नेतृत्वमा तीन वर्ष सम्म भएका कार्यक्रमको प्रतिवेदन पेश गर्दै सर्वसम्मतबाट पारित गरिएको थियो ।

विभिन्न संघ संस्था प्रतिनिधिहरुको सहभागितामा कार्यक्रम सम्पन्न अधिवेनका अवसरमा संस्थालाई सहयोग गर्ने सुवेदार दिलसिङ लिम्बू र आशारानी राईलाई सम्मान गरिएको थियो । किरात राई यायोक्खा सुनसरी अध्यक्ष कमला राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सञ्चालन संस्थाका सचिव तेज बान्तावा राईले सञ्चालन गरेका थिए ।

कार्यक्रममा संस्थाका सल्लाहाकार सूर्यकुमार राई, केन्द्रीय सदस्य सीता राई, भीमादेवी राई, देवनन्द राई, यन्द्रकुमारी राई, किशोर राई, सीता राई, भिमप्रसाद राई लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा कलाकारहरुले साँस्कृतिक कार्यक्रम समेत गरेर मनोरञ्जन दिलाएका थिए ।