भद्रपुर/ नेपाल पत्रकार महासंघ झापा शाखाले शिफारिस गर्ने कुनै पनि पुरस्कार, सम्मान कार्यसमिति पदाधिकारी र सदस्य बाहेकमा मात्र शिफारिस गर्ने निर्णय गरेको छ ।

१२ औँ अधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठकले महासंघकै शिफारिसमा प्राप्त हुने पुरस्कार र सम्मान कार्यसमितिमा नरहेका सदस्यहरुमध्ये बाट शिफरिस गर्ने निर्णय गरेको हो ।

नवनिर्वाचित अध्यक्ष तारामणी सापकोटाको सभापतित्वमा विर्तामोडमा शनिबार बसेको पहिलो बैठकले अधिवेशन सम्पन्न गराउन सहयोग पु¥याउने निर्वाचन समिति, शुभेच्छुक संघ संगठन र महानुभावहरुलाई आभार र धन्यवाद ज्ञापन गर्ने निर्णय समेत गरेको छ ।

यसैगरी बैठकले समान मत प्राप्त गरी कार्यसमिति सदस्यमा निर्वाचित सदस्यद्धय उत्तम नेपाल र रंजीत प्रसाई मध्ये पहिलो आधा कार्यकाल नेपाल र पछिल्लो आधा कार्यकाल प्रसाई रहने गरी जिम्मेवारी प्रदान गर्ने निर्णय समेत गरेको सहसचिव केशव भट्टराईले जानकारी दिए ।

उपाध्यक्ष एकराज गिरीले स्वागत गरेको वैठकमा महासंघको अर्को बैठकले आगामी तिन वर्षे कार्ययोजना पारीत गर्ने शाखाका सचिव सन्तोष आचार्यले जानकारी दिए ।