भद्रपुर/ झापा भद्रपुर १३ चन्द्रगढी स्थित विष्णु पाञ्चायन मन्दिरमा लगाइएको पुराणको आय–व्यय सार्वजानिक गरिएको छ । पुराण सञ्चालन समितिले शनिवार मन्दिर परिसरमा आयोजना गरेको कार्यक्रममा आय–व्यय सार्वजानिक गरेको हो । समितिका सचिव देवी प्रसाद दाहालले प्रस्तुत् गरेको प्रतिवेदन अनुसार आम्दानी तर्फ ३१ लाख २३ हजार ७ सय विस र खर्च तर्फ ८ लाख ५० हजार ६७ रुपैया भई २२ लाख ७३ हजार ६ सय ५४ बचत रहेको जनाएका छन् ।
जस अन्तरर्गत आयवापत महाप्रसाद १ लाख २० हजार,नगददान २३ लाख ७ हजार ६ सय तिन,भूमीदान बापत ४ लाख ५० हजार ७ सय असी,द्रब्य तोलादान ५१ हजार २ सय ९०,मण्डप भेटी ५५ हजार तिन सय ७८, त्यसैगरी दानपेटीकावाट ३३ हजार ८ सय ५०, धानबिक्री साढे ८२ हजार ,चामल बिक्री १९ हजार ८ सय असी र चिनीवाट २ हजार चार सय ४० गरी उक्त रकम संकलन भएको उल्लेख गरिएको छ ।
प्रतिवेदनमा उल्लेख गरिएको खर्चमा छपाई तथा प्रचार प्रसारमा ६६ हजार ४ सय ६८,मण्डप सजावट एवं सम्मान १ लाख ९४ हजार ९ सय ६४, महाप्रसाद एवं भोजनमा १ लाख ९१ हजार ४ सय ३५,पण्डाल एवं साउण्डमा १ लाख ३७ एक सय, त्यसैगरी भेटीदक्षिणा २ लाख ४९ हजार २ सय २० रुपैया,स्टेशनरी एवं ८ हजार तिन सय ८० र गाडी भाडा २ हजार ५ सय रहेको जनाइएको छ । बचत रहेको रकम मध्ये १२ लाख अक्षय कोषमा थप गरी बाँकी रकमवाट उदेश्यअनुरुप खर्च गरिने सचिव दाहालले बताएका छन् ।
भूमीदातावाट प्राप्त १८ धुर र स्थापनाकालका भूमी दाता स्वर्गीय दुर्गाप्रसाद न्यौपानेका परिवारवाट १८ धुर थप भएको जम्मा जग्गामा तत्काल घेराबारा लगाइने समेत कार्यक्रममा जानकारी गराइएको थियो । समितिले भौतिक संरचना निर्माण तथा विश्व शान्ति एवं मानव कल्याणमा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले माघ १८ गते देखि २६ गते सम्म श्रीमद् भागवत सप्ताह धन– धान्याञ्चल ज्ञान महायज्ञ सञ्चालन गरेकोे थियो ।