भारतको जयपुर शहरको एक मैदानमा क्यानल क्लब अफ राजस्थानको तर्फबाट कुकुरहरुको प्रदर्शन राखिएको थियो । यस सोमा देश तथा विदेशबाट ४० ब्रिडका २०० भन्दा बढी कुकुरहरु सहभागि रहेका थिए । तर, यस सोमा सबैको नजर तिबेतियन मस्टीफ ब्रिडको कुकुरमा रहेको थियो । यस कुुकुरको मुल्य १५ करोडदेखि ३० करोड भारतीय रुपैयाँ पर्छ । ३० करोडमा साना खाले तीनवटा जाहाज किन्न सकिन्छ । भारतमा देखाइएको उक्त कुकुर चीनबाट लिलामी मार्फत किनिएको थियो । यो कुकुरको मुल्य जति महँगो छ यसलाई पाल्न पनि उत्तिकै महँगो रहेको छ । यसलाई २४ सै घण्टा एसीमा राख्नुपर्छ । प्रत्येक १५ दिनमा यसलाई स्पा समेत गराउनु पर्छ । यसलाई खाना भने जर्मनी र बदाम इरानबाट मगाउनुपर्छ ।