इटहरी/साविक खनार स्थित पाथिभारा पोल्ट्री र्फममा रहेका कुखुरामा नयाँ प्रकारको बर्डफ्लु फेला परेको छ । नेपालमै पहिलो पटक फरक प्रकारको बर्डफ्लु देखिएको पशु रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा. सञ्जयकुमार यादवले ब्लाष्टखबरलाई बताए ।
‘अहिलेसम्म एचफाइभ एम एट’ प्रकारको बर्डफ्लुको संक्रमण देखिएको थिएन’ उनले भने ‘यहाँ नै पहिलो पटक हो ।’ यस अघि एचफाइभ एमवान प्रकारको संक्रमण देखिदै आएको थियो ।
नयाँ प्रकारको संक्रमण भारतको दिल्ली र हैदरावादमा केही समय अघि देखिएको पनि उनले बताए । इटहरीको पर्यटकीय क्षेत्र तालतलैयाा देखिएको संक्रमण पनि एचफाइभ एनवान प्रकारकै भएको उनले बताए ।
क्षेत्रीय पशु रोग कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय र प्रहरीको टोलीले र्फमका भएका कुखुरा नष्ट गरेको छ । पोल्ट्री र्फमका कर्मचारी भोला अधिकारीका अनुसार र्फममा ६ हजार पाँच सय लेयर्स जातका कुखुरा थिए ।
त्यस मध्ये ३ हजार कुखुरा भर्खर अण्डा दिने बेलाका भएका थिए । अण्डा दिदै गरेका कुखरा भने बिहिबारनै नष्ट गरिएको उनले बताए ।
सञ्जय गौतम र भोला अधिकारीले सञ्चालन गर्दै आएको सो पाथिभरा पोल्ट्री र्फममा तीन वर्ष अघि बडर््फ्लुको संक्रमण भेटिए पछि कुखुरा नष्ट गरिएको थियो । यसै गरी फर्म आसपासको २ सय मिटर वर परका पक्षी जन्य वस्तू पनि टोलीले नष्ट गरेको छ ।तस्विरहरू धनबहादुर पुरी