विराटनगर/ सप्तरी घटनाको विरोधमा मधेसी मोर्चाको आह्वानमा दुई दिनदेखि बन्द विराटनगर विहीबारदेखि खुलेको छ ।
बजारमा मानिसहरुको चहलपहल बढेसँगै जीवन पनि सामान्य हुँदै गएको हो ।
विराटनगर क्षेत्र विहीबार बिहानैदेखि खुलेसँगै लामा तथा छोटा दुरीमा चल्ने सवारी–साधन पनि सन्चालनमा आएका छन् ।
बिहानैदेखि बजार पसल, कलकारखाना, शैक्षिक संस्थापनि खुलेका छन् ।
एमालेले सन्चालन गरेको मेची–महाकाली अभियानकाक्रममा सोमबार सप्तरीमा प्रहरीको गोली लागेर चारजनाको मृत्यु भएपछि सोको विरोधमा दुई दिन विराटनगर पूर्णरुपमा बन्द भएको थियो ।