बिहान १ बजेको समयमा दुईवटा मिनीट्रकमा राखेर सल्ला र सालको काठ लिएर कोल्पुटार आउँदै गर्दा तीनवटा मोटरसाइकलमा चेपिने भन्ने स्थानमा सडकमा बसेका चारजनाले आफूहरुलाई राष्ट्रिय अनुसन्धान ब्युरोको एसपीले पठाएका प्रहरी भन्दै रु १५ लाख माग गर्दै अपहरणको प्रयास गरेको प्रहरी प्रमुख बोहराले बताए ।
‘अपहरणकारीले रु १५ लाख मागेको र रकम दिन नसक्ने बताएपछि अज्ञात स्थलतर्फ लैजाँदै गर्दा दाहाललाई स्थानीयवासीले प्रतिकार गरी मुक्त गरेका छन्,’ प्रहरी प्रमुख प्रहरी उपरीक्षक बोहराले भने, ‘अपहरण गर्न खोजेको अभियोगमा पक्राउ परेका चारजनालाई अपहरण तथा शरीर बन्धक शीर्षकमा नुवाकोट जिल्ला अदालतमा मुद्दा दर्ता गरी कारबाही सुरु गरेका छौँ ।’
घटनामा दाहालले ओसारपसार गरेको काठ समेत अवैध रहेको र दुईवटा काठ तस्करबीचको विवादले घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।
दुईपिपल गाविसका विभिन्न स्थानमा रहेका सामुदायिक जङ्गलबाट अवैध काठ तस्कर मौलाउँदै गएपनि नियन्त्रण गर्न सम्बन्धित निकायले बेवास्ता गर्दै आएका छन् ।