काठमाडौं / भेरीमालिका नगरपालिका ४ की राधिका सुनारको हत्या प्रहरी हवल्दार कमल सुनारले गरेको अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत हवल्दार सुनारले गत माघ २१ गते घरदेखि दुई किलोमिटर टाढा पासागाढा खोलामा बलात्कारपछि खुकुरी प्रहार गरी राधिकाको हत्या गरेका हुन् ।

सुनारलाई जिल्ला अदालत जाजरकोटका न्यायाधीश लीलाराज अधिकारीको इजलाशले आइतबार पूर्पक्षका लागि कारागार चलान गरेको छ ।