धरान /  एमालेको मेची महाकाली जागरण अभियानका अभियान्तहरु सोमबार इटहरी, झुम्का र इनरुवामा सम्बोधन गरि सप्तरी प्रवेश गरेका छन् । बिहान इटहरीबाट हिडेको अभियान झुम्कामा कोणसभा गरि इनरुवा प्रवेश गरेको थियो । झुम्कामा नेकपा एमाले केन्द्रीय सदस्य तैयव हुसैन र सचिव शंकर पोखरेलले सम्बोधन गर्दै संविधान विरोधीहरुले नेपाली जनता र मधेसको हित विपरित संविधान संशोधन गर्न लागेकाले आम जनतालाई जागरुक बनाउन एमालेले मेची महाकाली जागरण अभियान थालेको जानकारी गराए । इनरुवामा एमाले नेता लालबाबु पण्डित र केन्द्रीय सदस्य भगवती चौधरीले मधेसको हितका लागि एमाले जहिले पनि लागि परेको बताएका थिए । लोकतन्त्रमा सबैले सबैका सामुन्ने आफ्ना भनाइहरु राख्ने अधिकार भएको तर केही मधेसवादीहरुले त्यो अधिकार खोस्ने काम गरेको आरोप लगाए । म पनि यो मधेसकै छोरी हुँ, संविधानले मधेसका बास्तविक जनतालाई सम्बोधन गरेको छ ।’ तर केही ठेकेदारहरुले मधेसी जनताका लागि भन्दै विदेशी दलालका लागि संविधान संशोधन गराउने खेलमा लागेको चौधरीले भनिन । पूर्व स्थानिय विकास मन्त्रि तथा नेता पण्डितले मधेसमा पहिचानभन्दा पनि बढी सामथ्र्य चाहिएको बताए । उनले भने, ‘दुई नम्बर प्रदेशका यूवा अहिले सबैभन्दा बढी बैदेशिक रोजगारीमा छन् । उनीहरुलाई पहिचान भन्दा बढी सामथ्र्य चाहिएको छ ।’ कार्यक्रममा अध्यक्ष केपी ओली, झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम, सुवास नेम्वाङ, इश्वर पोखरेललगायतका बरिष्ठ नेताहरुको उपस्थिति रहेको थियो । इनरुवामा मधेसी मोर्चाका कार्यकर्ताले कालो झण्डा देखाएका थिए । उनीहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नारावाजीसमेत गरेका थिए । मोर्चाको विरोधका बावजुद कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । सुनसरीले अभियान्ताहरुलाई कोशी व्यारेजसम्म पु¥याएर विदाई गरेको थियो । कोशी व्यारेजबाट सप्तरीको टोलीले स्वागत गरेर सप्तरीको कञ्चनपुर हुदै राजविराज पु¥याएको थियो । जुत्ता प्रहार एमालेको मेची महाकाली अभियानको प्रचार गर्दै हिडने गाडीमाथी संघीय समाजवादी फोरम नेपालकी पूर्व साभासद सविताकुमारी यादवले सुनसरीको इनरूवामा जुत्ता प्रहार गरेकी छिन । एमालेको अभिब्याक्तीप्रति रूष्ट देखिएकी पूर्व सभाषद यादवले बिच सडकमै एमालेको गुडीरहेको प्रचारको गाडीलाई आफ्नो दुवै खुट्टाको जुत्ता खोलेर प्रहार गरेकी थिइन । यतिमा पनि उनको रिस शान्त नभएपछि उन्ले ढुंगा प्रहार गर्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको थियो । कालो झण्डा देखाउने पक्राउ कालो झण्डा देखाउने र गाडीमाथि आक्रमणको प्रयास गर्ने युवा फोरमका केन्द्रीय सदस्य रंजीत गोस्वामीलाई प्रहरीले पक्राउ गरेको छ । कालोझण्डा देखाउने र प्रहरी विच सामान्य घम्साघम्सी भएको प्रहरीले जनाएको छ । तर संयुक्त लोकतान्त्रिक मोर्चाले विज्ञप्ती जारी गरि आफ्ना ७ जना कार्यकर्ता घाइते भएको जनाएको छ । मोर्चाका अनुसार। ईश्वरप्रसाद गुप्ता, श्यामनारायण खेरवार, सविता यादव, तेजनारायण अरगरिया, सभापैत यादव र रञ्जीत गोश्वामी रहेको जनाएको छ ।

केपी ओलीलाई कडा सुरक्षा एमाले अध्यक्ष केपी ओलीलाई सशस्त्र प्रहरीका चारवटा गाडीको सुरक्षा घेरामा इनरुवाबाट विदाई गरिएको थियो । केपी ओली भन्दा पटाडि झलनाथ खनालको गाडी छ । खनालपछाडि क्रमशः माधवकुमार नेपाल, बामदेव गौतम, ईश्वर पोखरेल, सुवास नेम्वाङ लगायतका नेताहरु छन् । एमाले नेताहरुको सबैभन्दा अगाडि मैथिली भाषामा एमालेको अभियान र संविधानबारे माइकिङ गरिएको छ । सडक किनारामा सशस्त्र प्रहरी र जनपथ प्रहरी व्यापक परिचालन गरिएको छ । सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलका अनुसार इनरुवाबाट करिब ४ हजार एमाले नेता कार्यकर्ता सडकमा रहेका छन् । सााना ठूला गरी गरी ३ सय गाडीहरु सडकमा छन् ।