धरान/  धरान स्थित महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु चुनावका विषयलाई लिएर विद्यार्थी संगठन विच बढेकाे विवाद मिलेपछि निर्वाचन हुने भएकाे छ । आज विहान विद्यार्थी संगठनहरु, निर्वाचन अधिकृत, क्याम्पस प्रशासन लगायतको बैठक बसी छलफल गरेर सहमती भएपछि निर्वाचन हुने भएको हो ।

चुनाव हार्ने निश्चित भएपछी फर्जी कार्ड बनाउने र निवार्चन भाड्ने काममा एमाले निकटका विद्यार्थी र प्रशासन कर्मचारी लागी परेको आरोप लगाउदै उनीहरु माथि कारबाही गर्न र तोकिएको समयमा निर्वाचन गर्न अन्य  विद्यार्थी संगठनले माग गरेका थिए । तर अाज  विहानकाे छलफलमा कुरा मिलेपछी चुनाव हुने तयारी भइहरेकाे छ ।

मंगलबार अवेरसम्म बसेको बैठक विना निश्कर्ष टुङगिएको थियो ।विवादका विषयमा विहानवाटै वैठक जारी थियाे ।