काठमाडौँ / बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लागि उपकुलपतिको नाम सिफारिस भएको छ।
प्रतिष्ठानका सहउपकुलपति तथा स्वास्थ्यमन्त्री गगन थापाले उपकुलपतिका लागि तीन जना उम्मेदवारको नाम कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष सिफारिस गरेका हुन्।
स्रोतका अनुसार उपकुलपतिका लागि डा. रामेश कोइराला, डा. राजकुमार रौनियार र डा. विक्रमप्रसाद श्रेष्ठको नाम सिफारिस गरिएको छ। उपकुलपतिका लागि १६ जनाले प्रस्ताव पेश गरेका थिए। त्यसमध्ये तीन जनाको नाम सिफारिस गरिएको हो।