धरान–४ छाताचोकमा मंगलबार बीहान तीन बजे आगलागी हुँदा एउटा फेन्सी पसल जलेर २५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

भोलामान श्रेष्ठको घरको भुइँतला बहालमा लिएर शकुन्तला काफ्ले र उनका श्रीमान् छत्रमानले जुता चप्पल र ब्याग बिक्रीका लागि काफ्ले फेन्सी स्टोर सञ्चालन गर्दै आएका थिए । पसलमा २५ लाख रुपैयाँ बराबारका सबै सामान जलेर नस्ट भएकाे बताइएकाे छ ।

पसलमा इन्भर्टर पनि राखिएको थियो । पसलसँगै जोडिएको विद्युत पोलमा प्रायस् आगो लाग्ने गरेको उनले बताइन् । त्यही कारणले पसलभित्रको विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको छ ।

धरानमा एकसाता अघिमात्र लोडसेडिङको बेला इन्भर्टर सर्ट भएर धरान–६ निकेतन गल्लीस्थित एक पसलमा करिब ६० लाख रुपैयाँको धनमाल जलेर नस्ट भएको थियो ।