भियना / अष्ट्रियाका स्वास्थ्य र महिला मामिला मन्त्री साबिने ओबेर्हाउसेरको बिहीबार निधन भएको छ।

क्यान्सरका कारण उनको ५३ बर्षकै उमेरमा निधन भएको चिकित्सकहरुलाई उद्धृग गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।

उनको क्यान्सर सन् २०१५ को सुरुमै पत्ता लागेर उपचार गराईरहेको भएपनि उपचार सफल हुन नसकेपछि उनको निधन भएको हो।

सिकिस्त बिरामी भएपछि उनले केही समयदेखि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी निर्वाह गर्न सकेका थिएनन् ।

केही समय उनको स्वास्थ्य अवस्थामा सुधार भएको बताइएको थियो । यही फेबु्रअरीको सुरुमा उनलाई फेरी अस्पतालमा भर्ना गरिएको थियो ।