काँकडभिट्टा / ‘हिल स्टेसन’ भनिने कालिम्पोङ मंगलबारदेखि दार्जिङिबाट औपचारिक रुपमा छुट्टिएको छ । एङलो – भुटान युद्धपछि सन् १८८५ मा दार्जिलिङमा गाभिएको यो क्षेत्र एक सय ३२ बर्षपछि दार्जिलिङबाट छुट्टिएको हाे ।
गोर्खा राज्य निर्माण मोर्चाका अध्यक्ष दावा पाख्रीनले कालिम्पोङलाई दार्जिलिङबाट अलग्याउनुपर्ने मुद्दा पहिल्यै उठाएका थिए । तर त्यो बेला गोर्खाल्यान्ड आन्दोलन चर्किरहेकाले कसैले चासो दिएको थिएन ।
१० बर्षदेखि गोर्खा जनमुक्ति मोर्चाको प्रवक्ता रहेका डा. हर्क क्षेत्री मोर्चाबाट असन्तुष्ट बनेर बाहिरिएपछि कालिम्पोङ जिल्ला बन्ने विषय बाहिर आएको थियो ।