झापा /झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिबिरबाट अमेरिका पुनर्बास हुनुभएका एकजना भुटानी शरणार्थीको दुर्घटनामा परेर ज्यान गएको छ । केहि बर्षअघि अमेरिकाको टेनीसी पुनर्वास हुनुभएका ४९ बर्षीय रुद्रबहादुर राईको सोमबार राति अमेरिकाको टेनिसी राज्यमा दुर्घटनामा परेर ज्यान गएको हो ।
राती साढे ११ बजे तिनवटा कार एक-आपसमा ठोक्किँदा कारमा सवार राईको ज्यान गएको त्यहाँस्थित अमेरिकाका बस्दै आएका जितु बस्नेतले बताए ।