काेशीहरैचा/आफु प्रहरी हुँ भन्दै एक १६ बर्षिया किशोरीलाई बेलबारीका एक ब्यापारीले बलात्कार गरेको घटना सार्बजनिक भएको छ । गत शनिबार खोर्साने चौक जाँदै गरेकी किशोरीलाई आफु प्रहरी भएको बताउदै आफुनै काठमिलमा लगेर बलात्कार गरेको घटना सार्बजनिक भएको हो ।

श्रोतले दिएको जानकारी अनुसार बलात्कृत किशोरी आफुनो ब्याईफ्रेण्ड सँग साँझमा हिडिरहेकी थिईन । बाटोमा भेटिएका स्थानिय ब्यापारी शम्भु थापाले रातीको समयमा किन हिडेको भन्दै हप्काएर ब्वाईफ्रेण्डलाई फर्काएको र किशोरीलाई घर पुरयाईदिने भन्दै थापाले आफ्नो काठ मिलमा गरेर बलात्कार गरेका हुन् ।

कोशीहरैचा नगरपालीका ५मा रहेको हरी ओम काष्ठ उद्योगका सञ्चालक ५२ बर्षिय शम्भु थापाले बलात्कार गरेको भन्दै पिडित किशोरीले उजुरी गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक राजमजी कटुवालले बताए ।

अनुसन्धानको क्रममा आरोपी थापालाई वेलवारी ७ का प्रेम वहादुर गुरुगंलाई बोलाएर को १७ प ५३१० नम्वरको मोटरसाईकलमा हालि युवतीलाई काठ मिलमा गरेको देखिएको इन्पेक्टर कटुवालले बताए । ‘बलात्कृत किशोरी र उनका ब्वाईफेण्डनै आइतबार इलाका प्रहरी कार्यालयमा ‘प्रहरीले बलात्कार गरेको’ भन्दै उजुरी गर्न आएका थिए । घटनाको बारेमा तत्काल अनुसन्धान थालिएकाे बेलबारी प्रहरीले जनाएकाे छ ।

पीडित जोडिले दिएको जानकारी अनुसार थापाले बाटोमा वोलाएको युवाले समेत थापालाई जय नेपाल हजुर भन्दै प्रहरी शैलीनै प्रयोग गरेका थिए । मोटरसाईकलमा बसाएपछि आज घर जान राती भयो मेरै घरमा वस भन्दै उनले विराटचौकको छेउमा रहेको काठ मिलमा लगि बलात्कार गरेको बेलबारी प्रहरीको भनाई छ ।

यता थापालाई बेलवारी प्रहरीले पक्राउ गरी जवरजस्ती करणीमा सम्वन्धी मुद्धा दायर गरेको वताएको छ । मादक पदर्था सेवन गरी युवतीलाई बलात्कार गरेको भन्दै थापा र उनका सहयोगी गुरुङलाई जल्ला अदालत मोरगंमा मुद्रदा दायर गरेको इन्स्पेक्टर कटुवालको जानकारी दिए ।