सुनसरी । सुनसरीमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) लोकनाथ पौडेलसँगको विवादपछि स्थानीय विकास अधिारी (एलडिओ) रामप्रसाद वाग्लेले जिल्ला छाडेका छन् । उनी एक महिनाअघि नै ८ फागुनसम्मको विदा लिएर काठमाडौं गएका छन् ।
सिडिओ पौडेलले भने आफूहरुबीच कुनै विवाद नभएको दाबी गरेका छन् । तर, एलडिओ वाग्लेले सिडिओको व्यवहार राम्रो नभएको बताए । आफू मात्र नभएर जिल्लाका अधिकांश कार्यालय प्रमुख उनीसँग सन्तुष्ट नभएको वाग्लेको भनाइ छ ।
डेढ महिनाअघि पौडेल मध्यक्षेत्रीय प्रशासन कार्यालय मकवानपुरबाट सुनसरी सिडिओको रुपमा आएका थिए । उनीसँग जिल्लाका सुरक्षा निकायका प्रमुख पनि असन्तुष्ट रहेको स्रोतको भनाई छ ।