धरान/फिल्मीशैलीमा सेवा रेमिट्यान्स लुटेर फरार रहेका दुई लुटेराको नजिक प्रहरी पुगेको छ । लुटेराले प्रयोग गरेको बाइकको आधारमा प्रहरी नजिक पुगेको प्रहरी स्रोतले बताएको छ । [caption id="attachment_29080" align="alignnone" width="662"] लुटिएकाे सेवा रेमिट्यान्स । तस्बिरः फाइल[/caption] स्रोतका अनुसार ती लुटेराहरु सुनसरीको इटहरीमा रहेका अनुमान गरेको छ । धरान १५ स्थित बुढासुब्बा चोकको रेमिट्यान्समा हतियार देखाएर एक युवाले साढे ४ लाख रुपैया लुटेका थिए । उनको साथी बाहिर मोटरसाइकलमा बसेका थिए । लुटेलगत्तै प्रहरीले चारै तर्फको नाकामा चेकजाँच बढाएको थियो । लुटेराहरुको हुलियाको आधारमा प्रहरीले खोजी कार्य तिब्र पारेको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले खोजी कार्य तिब्र रहेको बताए । उनले पहिचान खुलिसकेकाले पक्राउ पर्ने सम्भावना प्रवल रहेको बताएको छ । यस अघि पनि चटपटे व्यवसायीहरुलाई चक्कु देखाएर फिल्मी शैलीमै लुटपाट गर्नेलाई प्रहरीले एकसाता पछि धरान–१३ को पुनस्र्थापना गृह नजिकबाट पक्राउ गरेर कारबाही अघि बढाएको थियो । डिएसपी खतिवडाले चाडै प्रहरी फन्दामा पर्ने बताएका छन् ।