धरान /चितवनमा एकजना महिलाले सञ्चालन गरेको जुवाखालबाट पक्राउ परेका १४ जना जुवाडेविरुद्ध २०२० सालमा ल्याइएको जुवा ऐन अन्तर्गत मुद्दा चलाइएको छ । चितवन प्रहरीले दिएको जानकारी अनुसार गत शनिबार भरतपुर उपमहानगरपालीकामा स्थानिय बिपना लामाले सञ्चालन गरेको बिनिषा खाजा घरबाट सात जना जुवाडेलाई पक्राउ गरिएको थियो ।
जुवा तास निरुत्साहित गर्ने अभियानअन्र्तगत १४ जना जुवाडेविरुद्ध मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिप थापाले जानकारी दिए ।
उपरिक्षक थापाले भरतपुरका विपना लामा, राकेश तामाङ, कृष्ण बहादुर तामाङ, आइतमान लामा, शुक्रमान लामा, विनोद गुरुङ र मकवानपुरका राजकुमार सुनारलाई प्रहरीले जुवा खेलिरहेको ठाउँबाट पक्राउ गरेको जानकारी दिए ।
थापाका अनुसार आईतबार भरतपुरका बिक्रम दराईको घरबाट ८० हजार २ सय ९० रुपैयाँसहित बिक्रम दराई, प्राणबाबु जबरा, रमेश अर्याल, ईश्वरी रानाभाट, तिर्थराज महत्तो, ओमकारबहादुर महत र लोकबहादुर कार्कीलाई नियन्त्रणमा लिएको थियो ।
जुवा खेल्ने, खेलाउने र हेर्नेसमेत गरी दुई दिनमा प्रहरीले १७ जनालाई नियन्त्रणा लिएको प्रहरीले जनाएको छ ।